Rule 3
निरीक्षण, जाँचबुझ र खानतलासी गर्न सक्ने
ऐनको दफा २० को उपदफा (१) बमोजिम निरीक्षकले औषधि उत्पादन, बिक्री वितरण वा परिवहन भै रहेको कुनै ठाउमा गई निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा त्यस्तो ठाउँमा भईरहेको काम, सो काममा लागेका व्यक्तिहरु, सो ठाउको वातावरण तथा त्यस्तो ठाउँमा देखेका सामग्री, औजार र साधनहरुको निरीक्षण तथा जाचबुझ गर्न सक्नेछ । निरीक्षकले आवश्यक देखेमा त्यस्तो ठाउमा खानतलासी पनि गर्न सक्नेछ ।